भारोत्तोलनमा आज ६ स्वर्णका लागि खेल हुँदै
पाेखरा | कात्तिक १, २०७९
पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत तेस्रो दिन आज मंगलबार ६ स्वर्णको छिनोफानो हँुदैछ । पोखरा उद्योग वाणिज्य संघमा प्रतियोगितामा जारी प्रतियोगिता आज महिलातर्फ ४ र पुरुषतर्फ २ स्वर्ण स्वर्णका लागि १० टिम प्रतिस्पर्धामा छन् । प्रतियोगिताा एनआरएन सहभागी छैन ।
नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ बोसका अनुसार महिलातर्फ ६४, ७१, ७६ र ८१ केजी तौल समूह तथा पुरुषतर्फ ८१ र ८९ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
यसअघि २ दिनसम्मको खेलमा ८ स्वर्णको छिनोफानो भइसकेको छ । जसमा पुलिसले ४, आर्मीले ३ र सुदूरपश्चिम प्रदेशले १ स्वर्ण जितेका छन् ।
कात्तिक २ सम्म चल्ने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०÷१० इभेन्टमा खेल हुनेछ । प्रतियोगितामा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन् । नवौंमा भारत्तोलनतर्फ २० स्वर्णसहित कुल ६० पदक छन् ।
रामेछाप: उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गर्नुभएको छ । मन्थलीस्थित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला एवं का...
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८ औँ हिसान स्पोटर््स मिटको उपाधि प्रतिभा माविले जितेको छ । पोखरा रंगशालामा सोमबार सम्पन्न प्रतियोगितामा प्र...
काठमाडौं: प्रतिनिधि सभा सदस्य निर्वाचन समयमै हुनेमा नागरिक अगुवाहरुले आशंक व्यक्त गरेका छन् । सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको सर्वपक्षीय वार्ताका क्रममा आफ्ना धारणा राख्द...

